प्रदेश

कोहलपुर नगरपालिकाको मेयर, उपमेयरमा कांग्रेसको जित



बाँके, ०८ जेठ । – बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य विजयी हुनुभएको छ । ३५ वर्षीय आचार्य १४ हजार एक सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको हो । आचार्यका प्रतिस्पर्धी नेकपा एमालेका खिलप्रसाद भुसालले १२ हजार दुई सय पाँच र नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानेले नौ हजार सात सय २५ मत पाउनुभयो ।

यसैगरी नगरपालिकाको उपमेयरमा पनि नेपाली कांग्रेसकै संगीता सुवेदी १४ हजार ७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेकी अस्मिताकुमारी थारुले १३ हजार पाँच सय १७ र नेकपा एकीकृत समाजवादीकी नारायणी वलीले पाँच हजार ४२ मत प्राप्त गर्नुभयो ।
उपमेयरमा विजयी सुवेदी
यसअघि ७० वर्षीय लुटबहादुर रावत नगरपालिकाको मेयर हुुनुहुन्थ्यो । रावत २०४९ र २०५४ मा साविक कोहलपुर गाविसको अध्यक्ष पनि हुनुभएको थियो । एमालेको किल्लाको रूपमा रहेको कोहलपुरमा नेपाली कांग्रेसका तर्फबाट ३५ वर्षीय युवा उम्मेदवार आचार्यले सफलता प्राप्त गर्नुभएको हो ।

प्रकाशित : ८ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६