जेठ १८,
पाँचौँ वरीयताका स्पेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । पेरिसमा गएराति भएको खेलमा विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिकलाई हराउँदै नाडाल अन्तिम चारमा पुगेका हुन् ।
कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले सर्बियन जोकोभिचलाई ६–२, ४–६, ६–२ र ७–६ को सेटमा हराए । अब नाडालले सेमिफाइनलमा तेस्रो वरीयताका एलेसान्डर ज्वेभरेभसँग खेल्ने छन् । जर्मनीका ज्वेभरेभले स्पेनका कार्लोसलाई हराएका थिए । नाडालले यसअघि १३औँ पटक फ्रेन्च ओपन जितिसकेका छन् ।
१८ जेष्ठ २०७९, बुधबार
प्रतिक्रिया