प्रदेश

बाणगंगा नगरपालिका मातहतका सबै कार्यालयहरु आईतवार पनि खुल्ने




हरि घिमिरे, १९ जेठ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले आईतवार सार्वजनिक विदा नदिने भएको छ । नगरपालिकाको सभाहलमा भएको बैठकमा नगरप्रमुख चक्रपाणि अर्यालले आईतवार सार्वजनिक विदा नदिने र बाणगंगा नगरपालिका मातहतका सबै कार्यालयहरु खोल्न निर्देशन दिनुभएको हो । खास गरि आर्थिक मसान्त तथा विद्यालयमा हुने पठनपाठनलाई मध्यनजर गरेर पहिलो चरणमा असार मसान्त सम्म आईतवार पनि कार्यालयहरु सञ्चालन गर्न लागिएको मेयर अर्यालले बताउनु भयो । त्यस्तै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले विद्यालयको पाठ्यक्रमको संरचनासमेत ६ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा विद्यार्थीहरूको पठनपाठन र विद्यालयबाट प्रदान गरिने सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो “साबिक बमोजिम नै आइतबार समेत बाणगंगा नगरपालिका मातहतका सबै सेवाहरू सञ्चालनमा रहनेछन् ।’ यसअघि सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६