प्रदेश

तारा एअरको विमान दुर्घटनाः मृतकका शव परिवारलाई बुझाइयो



काठमाण्डौ, १९ जेठ । तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

विमान दुर्घटनामा ज्यान गुमाएकाको शव त्रिवि शिक्षण अस्पतालमा परीक्षणपछि आज बिहीवार परिवारलाई बुझाइएको हो । हिजो बुधवार राति पोस्टमार्टम सकिएका २२ वटै शवको कागजी प्रक्रिया मिलाएर आज दिउँसो मृतकका परिवालाई शव हस्तान्तरण गरिएको हो ।

गएको आइतवार पोखराबाट उडेको ट्विनअटर विमान सोमवार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । विमानमा चालक दलका तीन सदस्य, १३ नेपाली नागरिक, चार भारतीय नागरिक र दुई जना जर्मन नागरिकको ज्यान गएको थियो ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६