अर्थ-वाणिज्य

कुन प्रदेश र कुन पालिकामा कति बजेट छुट्टीयो ? (सूचीसहित)




काठमाण्डौ, १९ जेठ । सरकारले पालिका र प्रदेशमा पठाउने बजेटको टुङ्गो लगाइसकेको छ । अर्थ मन्त्रालयले चार वटा अनुदानका शीर्षकमा प्रदेश र पालिका सरकारलाई पठाउने बजेट टुङ्गो लगाइसकेको छ । पालिकाले तीन खर्ब ३७ करोड १६ लाख रुपैयाँ र प्रदेशले एक खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ बजेट पाएका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ ले १९ अर्ब नौ करोड, मधेस प्रदेशले १९ अर्ब १५ करोड, बाग्मती प्रदेशले २० अर्ब ३२ करोड, गण्डकीले १६ अर्ब ५४ करोड, लुम्बिनीले १८ अर्ब ४७ करोड, कर्णालीले १८ अर्ब ३० करोड र सुदूरपश्चिम प्रदेशले १७ अर्ब ५५ करोड रुपैयाँ बजेट पाएका छन् ।

पालिकालाई समानीकरण अनुदान अन्तर्गत एक खर्ब २३ करोड, ससर्त अनुदानतर्फ एक खर्ब ८३ अर्ब ७२ करोड, समपूरक अनुदानबापत सात अर्ब २७ करोड र विशेष अनुदानका लागि नौ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पोखरा महानगरपालिकाले दुई अर्ब ५८ करोड ४६ लाख रुपैयाँ अनुदान पाएको छ । यस्तै काठमाण्डौ महानगरपालिकाले दुई अर्ब तीन करोड ९९ लाख, भरतपुर महानगरपालिकाले एक अर्ब ८० करोड २४ लाख पाएको छ । यस्तै वीरगञ्ज महानगरपालिकाले एक अर्ब ४४ करोड ८६ लाख, ललितपुर महानगरपालिकाले एक अर्ब २१ करोड ८९ लाख र विराटनगर महानगरपालिकाले एक अर्ब २१ करोड ८५ लाख रुपैयाँ अनुदान पाएका छन् ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६