प्रदेश

पाँच दिनमा एउटै स्थानमा डुबेर तीन को मृत्यु




१९ जेष्ठ

धनगढी । धनगढी–३ स्थित मोहना नदीमा डुबेर एक जना तेस्रो लिङ्गी महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–३ स्थित राजघाट जोड्ने पुलमुनि नुहाउन गएकी तेस्रो लिङ्गी महिलाको मृत्यु भएको हो । पुलको मुनी खोचमा डुबेर अन्दाजी ४० वर्षीया तेस्रो लिङ्गी महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

मृतकको पहिचान भने खुल्न नसकेको उनले बताए ।मृतकको पहिचानका लागि तेस्रो लिङ्गी व्यक्तिको संगठन ब्लु डाइमण्ड सोसाईडीसँग आग्रह गरिएको उनले बताए । सोही स्थानमा यही जेठ १५ गते नम्बर ३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको पनि डुबेर मृत्यु भएको थियो । पुल मुनी नदीको गहिरो खोच बनेको र सो स्थानमा पौडिखेल्न नसकेर मानिसको मृत्यु हुने गरेको प्रहरी प्रवक्ता जोशीले बताए । अबदेखि भने सो स्थानमा पौडी खेल्न प्रतिबन्ध गरिएको छ ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६