अन्तर्राष्ट्रिय

रुसले युक्रेनको २० प्रतिशत भू–भाग कब्जा गरिसक्योः राष्ट्रपति जेलेन्स्की




जेठ १९, एजेन्सी
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आफ्नो देशको २० प्रतिशत क्षेत्रफल कब्जा गरेको बताउनुभएको छ ।

लक्जमबर्गको संसदलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनको २० प्रतिशत भाग अर्थात् लक्जमबर्ग र नेदरल्यान्डको संयुक्त क्षेत्रफलभन्दा धेरै भूमि कब्जा गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।

युक्रेनको ६ लाख तीन हजार वर्ग किलोमिटर क्षेत्रमध्ये एक लाख २५ हजार वर्ग किलोमिटर क्षेत्र रुसले कब्जा गरेको छ । यसमध्ये क्रिमिया र पूर्वी युक्रेनका केही भाग रहेका छन् । युक्रेनको सात प्रतिशत भूमिमा रहेको क्रिमियालाई रुसले सन् २००७ मै कब्जा गरेको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अहिले एक हजार किलोमिटर लामो सीमा क्षेत्रमा खटिएर सेनाले देशको रक्षा गरिरहेको पनि बताउनुभएको छ ।

गएको फेब्रुअरी २४ तारिखमा रुसले आक्रमण सुरु गरेयता एक करोड २० लाख जना युक्रेनीले आफ्नो घर छाडेको जेलेन्स्कीले बताउनुभयो । उहाँले ३० हजार जना रुसी सेना मारिएको पनि दाबी गर्नुभएको छ । तर रुसले भने आफ्ना १३ सय जना सैनिक मात्रै मारिएको दाबी गर्दै आएको छ ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६