प्रदेश

पेट्रोलियम पदार्थ ऐन ल्याउन सांसद गगन थापाको माग



काठमाडौं, २० जेठ । नेपाली कांग्रेसका सांसद गगन थापाले पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधानका लागि पेट्रोलियम पदार्थ ऐन ल्याउनुपर्ने बताउनुभयो छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै पेश गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै सांसद थापाले सो कुरा बताउनुभएको हो ।

कांग्रेसका महामन्त्री समेत रहनुभएका सांसद थापाले मूल्य वृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गर्नुभएको छ । साथै उहाँले १० वर्षभित्र डिजेल, पेट्रोल र एलपी ग्यासमुक्त देश बनाउने गरी काम गर्न आजैबाट सुरु गर्नुपर्ने बताउनुभयो ।

‘कोभिड र रुस–युक्रेन युद्धका कारणले गर्दा अन्तर्राष्ट्रिय बजारमा जसरी मूल्य आकाशिएको छ । सप्लाई जसरी अवरुद्ध भएको छ । यसले आउने दिनहरु झनै चुनौतिपूर्ण हुने संकेत गरिरहेको छ ।,’’ सांसद थापाले भन्नुभयो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई एउटा मन्त्रालयलाई मात्रै पन्छाएर नबस्न पनि आग्रह गर्नुभएको छ ।

‘‘यसको आधारमा भारतले अब जस्तो निर्णय गर्छ, त्यस हाम्रो बजारलाई थप प्रभावित पार्छ । त्यसैले यसलाई हलुका रुपमा नलिन आग्रह गर्दछु । म एउटा कुनै मन्त्रालयको मात्रै कुरा होइन, यसले यति अस्तव्यस्त बनाउँछ, हाम्रो देश समाज सबैतिर ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यसैले मत सम्मानीय प्रधानमन्त्रीजीलाई नै आग्रह गर्न चाहन्छु– युद्धको जस्तो सोच राखेर वार सुटिङमा काम गर्नुपर्ने बेला छ । कुनै एउटा मन्त्रालयलाई मात्रै पन्छाएर हुनेवाला छैन ।’’

प्रकाशित : २० जेष्ठ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६