प्रदेश

पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्नेतिर सरकार गम्भीर बनोस्ः पुष्पा भुसाल




काठमाण्डौ, २० जेठ । सत्तारूढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गरिब नागरिक मूल्यवृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गर्नुभएको छ । सचेतक भुसालले रुस–युक्रेन युद्धका कारण पनि नेपाली नागरिक पेट्रोलियम पदार्थको मूल्यवृद्धिको मारमा पर्नुपरेको स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले जलविद्युत्, सौर्य ऊर्जालगायतका क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन सरकारसँग माग गर्दै प्रतिनिधि सभा बैठकमा पेस गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले आयातित वस्तुहरूको प्रतिस्थापन नगरि मूल्यवृद्धिको समस्या हल गर्न नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मूल्यवृद्धिबारे सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । अन्तर्राष्ट्रिय अर्थतन्त्रको मन्दी, रुस र युक्रेनको युद्धको कारणले महँगीको मारमा नेपाली जनता परेका हुन् । आयातित वस्तुहरूले नेपालमा महँगी बढ्ने भएकाले यस्ता कुराहरूलाई नियन्त्रण गर्नेतिर सरकारको ध्यान जानुपर्छ । ऊर्जा उत्पादनमा बढी भन्दा बढी ध्यान दिएर औद्योगिकीकरणतिर गएर पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्नेतिर पनि सरकार गम्भीर बनोस् ।’

सचेतक भुसालले मूल्यवृद्धिबारे अध्ययन गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल नेतृत्वको समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरी मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई सचेत गराउनुभयो ।

प्रकाशित : २० जेष्ठ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६