प्रदेश

वाम एकता देशको आवश्यकता हो, तर मूल नेताहरू नै पक्षमा छैनन्ः झलनाथ खनाल



काठमाण्डौ, २० जेठ । नेकपा एकीकृत समाजवादी मा सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मूल नेताहरू नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गर्नुभएको छ ।

आज शुक्रवार प्रतिनिधि सभा बैठकमा भाग लिन नयाँ बानेश्वमा रहेको संसद् भवन पुग्नुभएका सम्मानित नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता देशको आवश्यकता भएको पनि बताउनुभयो । वाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका मूल नेता भन्नेहरू नै एकताको पक्षमा नरहेको उहाँको गुनासो थियो ।

उहाँले भन्नुभयो, ‘देशको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर आफूलाई वामपन्थी आन्दोलनका मूल भन्ने नेताहरू नै एकताको पक्षमा छैनन् । नेताहरूले एकताको आवश्यकता किन हो रु यसको ऐतिहासिकता के हो रु भन्ने कुरा नबुझेसम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’

सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै खनालले बजेटमाथि छलफल भइरहेको बेलामा सांसदहरूको कम उपस्थिति हुनु राम्रो नभएको बताउनुभयो । संसदलाई उपेक्षा गरेमा नराम्रा परिणामहरू आउने उहाँले बताउनुभयो ।

प्रकाशित : २० जेष्ठ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६