प्रदेश

संयुक्त विद्यार्थी संगठन कपिलवस्तुद्धारा जिल्ला प्रशासन कार्यालयमा माग पत्र पेश




कपिलवस्तु, २० जेठ ।
संयुक्त विद्यार्थी संगठन कपिलवस्तुले जिल्ला प्रशासन कार्यलयमा माग पत्र पेश गरेको छ । शुक्रवार तौलिहवामा अयोजित संयुक्त विद्यार्थी संगठनको बैठकले निम्न निर्णय गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा माग पत्र पेश गरेको छ । मग पत्रमा भनिएको छ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रको चरम लापरवाहीको कारणले नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा पहिले नै विद्यालयमा पुग्नुपर्ने पाठ्यपुस्तक आजको मितिसम्म विद्यार्थीको हातमा पुग्न नसक्नुले हामीहरुको गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ । यस्तै मन्त्रालयले समयमा पाठ्यपुस्तक पु¥याउन नसक्नुलाई स्थानीय निर्वाचनको कारण देखाएको छ जुन मन्त्रालयको लापरवाही भएकाले तत्काल विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन शिक्षा मन्त्रालय र सरकार समक्ष माग गर्दछौं । यस्तै पत्रमा भनिएको छ दैनिक उपभोग्यवस्तु, पेट्रोलियम पदार्थ जस्ता मानिसका दैनिक जीवनसंग सम्बन्धित क्षेत्रमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न, सम्बन्धित पक्ष समक्ष माग गर्दछाँै । सरकारी÷सामुदायिक विद्यालयहरुमा नेपाली र अङ्ग्रेजी माध्यमको आधारमा पाठ्यक्रम र पठनपाठनमा गरिएको विभेदको तत्काल अन्त्य गरि, विभिन्न वहानामा लिने गरिएको शूल्क तत्काल कार्य बन्द गर्न सम्बन्धित निकाय समक्ष माग गर्दछौं । सार्वजनिक यातायातमा विद्यार्थी परिचयपत्रको आधारमा दिनुपर्ने ४५५ सहुलियत कडाईका साथ कार्यान्वयन गर्न सम्बन्धित पक्षसंग माग गरिएको छ । यस्तै पब्लिकेशनबाट कमिसनको लोभमा प्रत्येक वर्ष, निजि शैक्षिक संस्थाहरुमा पाठ्यपुस्तक परिवर्तन गर्दा विद्यार्थी, अभिभावकमा परेको नकारात्मक प्रभाव प्रति गम्भीर ध्यानाकर्षण भएको छ । तत्काल सम्बन्धित पक्ष समक्ष यस्तो कार्य रोक्न माग गर्दछौं । उल्लेखित मागहरु तत्काल सम्बोधन गर्न सम्वन्धित सरोकारवाला निकाय समक्ष जोडदार माग गर्दै पत्र पेश गरीएको जनाईएको छ ।

प्रकाशित : २० जेष्ठ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६