खेलकुद

१९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटमा आज नेपाल र यूएई खेल्दै




जेठ २१,
काठमाण्डौ – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज यूएईसँग खेल्दैछ ।मलेसियाको यूकेएम ओभलमा खेल बिहान ११ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालले कतारलाई ७९ रनले हराएको थियो ।

त्यस्तै पहिलो खेलमा यूएईले भुटानलाई १ सय ६० रनले हराएको थियो । छनोटमा नेपालसहित, मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । छनोटमा शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला टी–२० विश्व कपमा पुग्नेछ ।नेपालले सोमवार भुटान, मङ्गलवार थाइल्यान्ड र बिहीवार मलेसियासँग खेल्नेछ ।

प्रकाशित : २१ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६