ब्रेकिंग न्युज

देवकोटाको साहित्यिक योगदान स्मरण गर्दै बाणगंगामा रचना वाचन



साहित्य सिर्जना, भाषा र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा पठन संस्कृतिको विकास गर्ने सन्देश ।

बाणगंगा, कपिलवस्तु २० कात्तिक

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औँजन्मजयन्तीको अवसरमा कपिलवस्तुको बाणगंगामा ‘रचना वाचन कार्यक्रम–२०८३’ सम्पन्न भएको छ। महाकवि देवकोटाको साहित्यिक योगदानको स्मरण गर्दै नेपाली भाषा, साहित्य, कला र सिर्जनात्मक चेतनाको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।


बाणगंगा नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद पाण्डे, साहित्यकार, साहित्यप्रेमी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको महत्वपूर्ण उपस्थिति रहेको थियो। कार्यक्रम बाणगंगा नगर प्रतिष्ठान, बाणगंगा कपिलवस्तुको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा महाकवि देवकोटाको साहित्यिक व्यक्तित्व, नेपाली साहित्यमा उहाँले पु¥याउनु भएको योगदान तथा उहाँका सिर्जनामा अभिव्यक्त मानवीय संवेदना, राष्ट्रिय चेतना र सामाजिक रूपान्तरणका पक्षलाई स्मरण गरिएको थियो। सहभागी साहित्यकारहरूले आफ्ना मौलिक रचनाहरू वाचन गर्दै साहित्य सिर्जनामार्फत समाजका विविध पक्षलाई उजागर गरेका थिए।
रचना वाचन कार्यक्रमले साहित्यकारलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने साझा मञ्च प्रदान गर्नुका साथै स्थानीय साहित्यिक प्रतिभाको पहिचान, प्रोत्साहन र सिर्जनात्मक आदान प्रदानका लागि अवसर सिर्जना गरेको छ। साहित्य मनोरञ्जनको माध्यम नभई समाजको यथार्थ चित्रण गर्ने, मानवीय संवेदना जगाउने र सकारात्मक परिवर्तनका लागि चेतना अभिवृद्धि गर्ने सशक्त माध्यम भएको सन्देशसमेत कार्यक्रमले दिएको छ।


नगरस्तरमा साहित्यिक गतिविधिलाई संस्थागत गर्दै स्थानीय भाषा, कला, संस्कृति र साहित्यको संरक्षण तथा प्रवद्र्धन गर्नु यस्ता कार्यक्रमको महत्वपूर्ण हुने नगर प्रमुख चक्रपाणी अर्यालले बताउनु भयो । नगर प्रमुख अर्यालले विशेषगरी नयाँ पुस्तामा पुस्तक पढ्ने, लेख्ने र सिर्जनात्मक अभिव्यक्ति दिने संस्कार विकास गर्न स्थानीय तह तथा साहित्यिक संस्थाबीच सहकार्य आवश्यक रहेको धारणा राख्नु भयो ।


बाणगंगा नगर प्रतिष्ठानका प्रमुख बालाराम ज्ञवालीको अध्यक्षतामा आयोजित कार्यक्रमले नगरभित्रको साहित्यिक वातावरणलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ। महाकवि देवकोटाको जन्मजयन्तीलाई औपचारिक स्मरणमा मात्र सीमित नराखी उहाँको साहित्यिक आदर्श, सिर्जनशीलता र मानवीय विचारलाई व्यवहारमा आत्मसात् गर्नुपर्ने सन्देश कार्यक्रमले प्रवाह गरेको छ।
नेपाली साहित्यका शिखर व्यक्तित्व देवकोटाको स्मृतिमा आयोजित यस्तो रचनात्मक कार्यक्रमले स्थानीय प्रतिभालाई उजागर गर्ने, साहित्यिक पुस्ताबीच सम्बन्ध स्थापित गर्ने र समाजमा अध्ययन तथा सिर्जनाको संस्कार विकास गर्ने आधार तयार गर्न सहयोग पु¥याउने विश्वास गरिएको नगर उपप्रमुख रिता कुमारी चौधरीको भनाई रहेको छ ।

प्रकाशित : २१ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६