प्रदेश

आज प्रदेश–१, मधेस, वाग्मती र गण्डकीमा पानी पर्ने सम्भावना




जेठ २१,
काठमाण्डौ – अहिले प्रदेश–१. मधेस प्रदेश र वाग्मती प्रदेशको एक÷दुई ठाउँमा पानी परिरहेको छ । प्रदेश–१ को पहाडी भू–भाग र वाग्मती प्रदेशको पूर्वी भू–भागमा हल्कादेखि मध्यमखालको वर्षा भइरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य प्रदेशमा भने मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो पनि प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशको केही ठाउँमा मेघगर्जन÷चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही दिनको मौसम यस्तै रहने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । अहिले नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

प्रकाशित : २१ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६