प्रदेश

काठमाण्डौ महानगरका मेयर बालेन साहले गरे प्रचण्डसँग भेट बार्ता




काठमाण्डौ, २१ जेठ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ । प्रचण्डलाई भेट्न मेयर साह बिहान प्रचण्ड निवास ललितपुरको खुमलटार पुग्नुभएको थियो । भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मेयर साहलाई बधाईसहित सबै दलसँग सहकार्य गरी अगाडि बढ्न सुझाव दिनुभएको छ ।

साथै आफ्नो पार्टीको साथ र सहयोग पनि रहने बताउनुभएको छ । मेयर निर्वाचित भइसकेपछि साहले यसअघि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको थियो । साहले काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट जित्नुभएको हो ।

प्रकाशित : २१ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६