प्रदेश

जिसस कपिलवस्तुको निर्वाचन जेठ २७ गते : दलहरूबीच तालमेलको कसरत




जेठ २२, कपिलवस्तु : कुनै दलको बहुमत नभएकाले जिल्ला समन्वय समिति कपिलवस्तुको नेतृत्वका लागि ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले दौडधुप थालेका छन् । कपिलवस्तुमा १० वटा पालिका छ । जिससका लागि २० मतमध्ये कांग्रेससँग ८ र एमालेसँग ७ मत छ । त्यसैले दलहरू तालमेलका लागि अन्य दल मनाउनतिर लागेका हुन् । जिसस निर्वाचनको तालिका आज मात्रै यही जेठ २७ गते हुने गरि सार्वजनिक भएको छ । एमालेले जिसस प्रमुखमा बाबुराम आचार्यलाई उम्मेद्वार बनाउने तयारी गरेको छ ।
एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जिससमा कसैको बहुमत नभएकाले अन्य दलहसँग सहकार्य गर्ने प्रयास भइरहेको बताए । उनले तालमेलका लागि अधिकतम प्रयास गर्ने नभए पार्टी एक्लै लड्ने बताए । कांग्रेसले पनि सत्ता गठबन्धनमै रहेका दलसँग तालमेल गरेर नेतृत्व लिने तयारी गरिरहेको छ । माओवादी कपिलवस्तुका संयोजक रामचन्द्र शाहले जिससको चुनावमा सत्ता गठबन्धन दलबीच सहकार्य गर्ने तयारी भएको बताए । कांग्रेस, माओवादी, जसपाबीच समन्वय समितिमा मिलेर जाने विषयमा छलफल भएको उनले बताए ।
कपिलवस्तुमा जसपासँग २ र माओवादीसँग १ मत छ । यी सबैको गठबन्धन भएमा एमालेले हार्ने निश्चित छ । गठबन्धन दलले एक–एक मत रहेका राप्रपा र लोसपाबीच पनि सहकार्यको प्रस्ताव गरेका छन् ।

प्रकाशित : २२ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६