प्रदेश

कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा स्वागत




जेठ २२,
कपिलवस्तु उद्योग बाणिज्य संघले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । संघले चारनम्बरमा रहेको आफ्नै सभाहलमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले यस्ता स्वागत तथा सम्मान कार्यक्रम नगर्न आग्रह गर्नुभयो ।
उहाँले यस्ता कार्यक्रममा समय विताउनुको साँटो विभिन्न विकास निर्माणका योजनाहरु लिएर आफुहरु समक्ष आउन अपिल समेत गर्नुभयो । निर्वाचनमा उम्मेदवार भएर नगरवासीले आफुहरुलाई जिताउन नै सबैभन्दा ठूलो सम्मान भएको मेयर अर्यालको भनाई छ । नगरपालिकासंग सम्बन्धित सरोकार राख्ने निकायहरुका कार्यक्रममा मात्र आफुहरु सहभागि हुने गरेको उहाँले बताउनुभयो ।
कपिलवस्तु उद्योग बाणिज्य संघ र नगरपालिकाबीच विगतदेखि नै सौहार्दपूर्ण सम्बन्ध रहेको बताउँदै मेयर अर्यालले नगरपालिकाको विकास र समृद्धिमा आफुहरुले संघबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो । मेयर अर्यालले नगरपालिकाले संघसंग आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने बताउँदै कर बढाउने भन्दा पनि करको दायरा बढाउने दिशातर्फ नगरपालिका गईरहेको बताउनुभयो ।
निष्पक्ष तवरले विकास निर्माणका योजनाहरु अघि बढाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख रिता कुमारी थारुले नगरको विकासका लागी सबै सरोकारवाला निकायहरुबीचको सम्बन्धलाई सुमधुर कायम गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना दिदैं नगरको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । अध्यक्ष घिमिरेले नगरपालिकासंगको सम्बन्धलाई कपिलवस्तु उद्योग बाणिज्य संघले थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्दै नगरवासीले विकासको अनुभूति हुने गरि काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी, कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष हुमानाथ पौडेल, संघकी महिला उपाध्यक्ष ईन्दिरा तिमिल्सिना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । दामोदर पन्थीले संयोजन गर्नुभएको कार्यक्रम संघका सचिव खिमानन्द पौडेल(कोपिल) को संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित : २२ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६