प्रदेश

बञ्चरेडाँडामा बल प्रयोग गरेरै फोहर लगिँदै, १४ जना स्थानीय पक्राउ




काठमाण्डौ, २४ जेठ । काठमाण्डौबाट फोहर लिएर गएका गाडीलाई बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले रोकेपछि प्रहरीले बल प्रयोग गरी अवरोध हटाएको छ ।

सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र प्रभावित क्षेत्रका पालिकाहरू धुनिबेसी नगरपालिका र ककनी गाउँपालिकाबीच भएको सहमतिपछि फोहर लिएर गएका गाडीलाई स्थानीयवासीले रोकेपछि अवरोध हटाइएको नुवाकोटका प्रहरी उपरीक्षक एसपी रामप्रकाश साहले जानकारी दिनुभयो । अवरोध हटाउने क्रममा १४ जनालाई पक्राउ गरेको उहाँले बताउनुभयो ।

धुनिबेसी नगरपालिका वडा नम्बर १ र ककनी गाउँपालिका वडा नम्बर ३ का क्षेत्रमा प्रहरीले अवरोध हटाएको हो । अहिले पनि त्यहाँको अवस्था सामान्य नरहेको स्थानीयवासीले बताएका छन् ।

एसपी साहले भने केही स्थानीयवासीले फोहर बोक्ने गाडी रोकेका र प्रहरीले सामान्य बल प्रयोग गरेर हटाएको भन्दै झन्डै एक सय ३० वटा गाडी बञ्चरेडाँडातर्फ गइरहेको बताउनुभयो । ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दाले यसअघिको सम्झौता कार्यान्वयन भएपछि मात्रै फोहर लैजान दिने बताएका छन् ।

प्रकाशित : २४ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६