प्रदेश

नयाँ, नामसारी र नवीकरण भएका सवारीसाधनलाई मात्रै इम्बोस्ड अनिवार्य



काठमाडौं, २४ जेठ । यातायात व्यवस्था विभागले २०७८ मंसिर १ गतेदेखि दर्ता भएका नयाँ सवारी साधन, फागुन १ गतेदेखि नामसारी भएका सवारीसाधन र २०७९ जेठ १ गतेबाट नवीकरण भएका सवारीसाधनमा मात्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको जनाएको छ ।

विभागले केही दिनअघि सूचना निकालेर वागमती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारीसाधनमा साउन १ देखि अनिवार्य इम्बोस्ड नम्बर लगाउन भनेको थियो । चौतर्फी विरोधपछि विभागले नयाँ, नवीकरण र नामसारी गरिने सवारीसाधनमा मात्र यो नियम लगाइएको हो ।

इम्बोस्ड नम्बर प्लेटका विषयमा जानकारी दिन मंगलबार काठमाडौंमा विभागले पत्रकार सम्मेलनको आयोजना गरेर विभागका महानिर्देशक नमराज घिमिरेले असार १ भित्रै जडान गरिसक्नुपर्ने इम्बोस्ड नम्बर प्लेट सबै सवारीसाधनलाई अनिवार्य नभएको बताउनुभयो । तत्कालै एकैपटक २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट राख्न असम्भव रहेको भन्दै उहाँले पूर्वाधार विस्तारको काम भइरहेको बताउनुभएको छ ।

सवै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको सूचना सही नभएको उहाँको भनाइ छ । विभागले संसदले कानून कार्यान्वयनका लागि मात्रै इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई अघि बढाइएको भन्दै यसमा विभागको कुनै स्वार्थ नरहेको प्रष्ट्याउनुभएको छ ।

प्रकाशित : २४ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६