प्रदेश

चार दिने ग्रामिण विकास पत्रकारिता तालिम सम्पन्न




अर्घाखाँची, २४ जेठ । लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको आयोजना र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको समन्वयमा आयोजना गरेको ग्रामिण विकास पत्रकारिता तालिम सम्पन्न भएको छ । अर्घाखाँचीको सितगङ्गा नगरपालिका ८ भालुवाङ्मा शनिबार देखि सुरु भएको तालिम सम्पन्न भएको हो ।
समापन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमला, उप–सचिव दामोदर भण्डारी, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोबिन्द आचार्य र पत्रकार महासंघका पूर्व सचिव रामजी दाहाल लगायतको उपस्थिति रहेको थियो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष बसन्त गिरीको अध्यक्षमा भएको तालिमको प्रशिक्षकमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्य र नेपाल पत्रकार महासंघका पूर्व सचीव रामजी दाहालले प्रशिक्षण दिए ।
ग्रामीण क्षेत्रमा रहेर काम गर्ने पत्रकारहरुको क्षमतालाई अभिवृद्धि गर्ने अभिप्रायले ग्रामीण विकास पत्रकारिता तालीमको आयोजना गरिएको आयोजकले जनाएको छ ।तालीममा लुम्बिनी प्रदेश भित्र रहेका विभिन्न जिल्लाका रेडियो, टेलिभिजन, पत्रीका, अनलाइनमा कार्यरत ५० भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : २४ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६