प्रदेश

मन्त्री आलेले भने पशुपतिको अतिक्रमण गरिएका जग्गा फिर्ता गरेरै छाड्छौँ




काठमाण्डौ, २४ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका जग्गा फिर्ता ल्याइने बताउनुभएको छ । भूकम्पका कारण भत्किएको पशुपतिनाथमा रहेको विश्वरूपा मन्दिर र सतलको आज मङ्गलवार पुनर्निर्माणको उद्घाटन उहाँले भन्नुभयो, ‘सरकारी सम्पत्ति र भगवानको जमिन कसैले मिच्न र अतिक्रमण गर्न पाइँदैन, अतिक्रमण भएका सबै जग्गा फिर्ता गरेरै छाड्छु ।’

मन्त्री आलेले राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालमा निर्माण भएको विश्वरूपा मन्दिर २०७२ सालको भूकम्पमा भत्किएको र अब चाँडै पुनर्निर्माण हुने बताउनुभयो । अरूभन्दा भिन्न विशेषता भएको यो मन्दिर पुनर्निर्माण भए यहाँ धेरै पर्यटक भित्रिने हुँदा चाँडो निर्माण कार्य सक्न निर्माण व्यवसायीलाई मन्त्री आलेले आग्रह गर्नुभयो । यो मन्दिर ४५ करोड रुपैयाँको लागतमा पुनर्निर्माण हुन लागेको हो ।

प्रकाशित : २४ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६