प्रदेश

कोरोनाविरुद्धको लडाइँमा नेपालले छोटो समयमै सफलता प्राप्त गर्‍योः अध्यक्ष ओली



काठमाण्डौ, २४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा नेपालले छिटो सफलता हासिल गरेको दाबी गर्नुभएको छ । अध्यक्ष ओलीले कोभिड सङ्कटका बेला आफू नेतृत्वको सरकारले नागरिकको जीवन रक्षालाई पहिलो भन्ने नारा दिएर त्यसविरुद्धको लडाइँमा धेरै देशहरूले भन्दा बढी छिटो सफलता हात परेको बताउनुभएको हो ।

पुष्प वरुवाल स्मृति फाउन्डेशनले आज मङ्गलवार भक्तपुरको बालकोट ओली निवास मा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले अन्य देशले आर्थिक गतिविधिलाई पहिलो प्राथमिकता दिए पनि आफू नेतृत्वको तत्कालीन सरकारले भने जनताको जीवन सुरक्षालाई पहिलो प्राथमिकता दिएर कोभिडको रोकथाम र नियन्त्रणसहित स्वास्थ्य क्षेत्रमा नै तीव्र प्रगति गर्न सफल भएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘चिकित्सकहरूले आफनै जीवनको सुरक्षाको समेत प्रवाह नगरि उपचार उपलब्ध गराउनुभएको थियो । हामीले यसलाई गम्भीरताका साथ लियौँ र छोटो समयमै तीव्र गतिमा प्रगति गर्‍यौँ स्वास्थ्य क्षेत्रमा । राजनीतिक स्वार्थभन्दा माथि उठियो । अर्थतन्त्र पहिलो भन्ने देशहरू पनि थिए तर हामीले स्वास्थ्य पहिलो प्राथमिकता, मानव जीवन पहिलो भन्ने नारा दिएर कोभिडविरुद्धको लडाइँमा सफलता पायौँ ।’

अमेरिकामा कोभिड सङ्क्रमणपछि निधन हुनुभएका बरुवालको सन्दर्भ स्मरण गराउँदै अध्यक्ष ओलीले त्यस अवधिमा नेपालले भने अस्पतालहरूको विस्तारमा समेत उल्लेख्य प्रगति गरेको बताउनुभयो । उहाँले स्वं. बरुवालमा देश र जनताको पक्षमा केही गरौँ भन्ने भावना रहेको पनि उल्लेख गर्नुभयो ।

प्रकाशित : २४ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६