प्रदेश

वैज्ञानिक वन कार्यक्रम शुरु भएपछि रोजगारीको वृद्धी हुने लुम्विनी प्रदेसका मुख्यमन्त्रि के.सीको भनाइ




प्रयास पोख्रेल कपिलवस्तु
जेष्ठ २४
वैज्ञानिक वन कार्यक्रम शुरु भएपछि रोजगारीको वृद्धी हुने लुम्विनी प्रदेसका मुख्यमन्त्रि कुल प्रसाद के.सीले बताउनु भएको छ । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ लुम्विनी प्रदेशको अन्र्तकृया तथा सम्मान कार्यक्रममा वोल्द उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका मुख्यमन्त्रि के.शिले वनको घनत्व बढाउन, यसबाट बढी फाइदा लिन र पूरा रुखलाई विस्थापन गरेर नयाँ रुख बिरुवा हुर्किने वातावरण बनाउने उद्देश्यले लुम्विीनिमा अहिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरिएको बताउनु भएको छ ।

वैज्ञानिक वन कार्यक्रम शुरु भएपछि स्थानीयलाई फाइदा पुग्ने विस्वास समेत मुख्यमन्त्रि के.सीले गर्नुभएको छ । वन व्यवस्थापन कार्यक्रम लागू भएपछि रोजगारी बढ्ने जंगलमा धेरै रुख–बिरुवालाई पनि हुर्काउन मद्दत मिल्ने समेत बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशका वन मन्त्रि सुरेन्द्र हमालले वातावरण राम्रो हुने तत्कालका लागि भने वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम शुरु भएपछि स्थानीय नागरिकले रोजगारी पनि पाउने आश्वासन दिनुभएको छ ।
उनले कार्यक्रमको अवधारणाबारे प्रस्ट्याउँदै वैज्ञानिक वन व्यवस्थापन अवधारणा अन्तर्गत पुरानो वनबालीलाई हटाएर नयाँ वनबाली बनाउने र हैसियत बिग्रेको वन र रुखलाई सुधार गरेर नयाँ वन बनाउने बताउनुभएको छ ।
कार्यक्रममा पुर्वमन्त्रि चक्रपाणी खनाल बलदेव, प्रदेस सांसद बिष्णु पन्थि, वैज्ञानिक राष्ट््िरय वन व्यवस्थापन उपभोक्ता समुहका केन्द्रिय अध्यक्ष रेणु सेन, वन विज्ञ दामोदर शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ लुम्विनीका अध्यक्ष दिपक कुमार थापाको अध्यक्षता, महासंघ लुम्विनीका सचिव होम बहादुर गुरुङको स्वागत तथा केन्द्रिय सचिव डिल्लीराज रेग्मीको सञ्चमलनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित : २४ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६