प्रदेश

अमृता खत्री टण्डनको अन्त्येष्टि अझै भएन




२४ जेष्ठ
करिब २ महिना अघि शंकास्पद मृत्यु भएको भनिएकी तिलोत्तमा नगरपालिका जानकीनगरकी अमृता खत्री टण्डनको अन्त्येष्टि गर्न पाउनु पर्ने भन्दै माईती पक्ष र अधिकारकर्मी संस्था बिरुद्ध रिट दायर भएको छ। गत चैत्र २९ गते राती लुम्विनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी अमृताको झण्डै दुई महिना हुदा पनि अन्तेष्टि हुन सकेको छैन्। अमृतको शव अहिले पनि लुम्विनी प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।
यता अमृताको घर पक्षले भने आफुहरुको ज्यु ज्यानको असुरक्षा भएको र आफ्नो परिवारको सदस्यको दुःखद मृत्यु हुँदा पनि कुलधर्म संस्कार अनुसार अन्तेष्टि गर्न अवरोध भएको भन्दै टण्डन परिवारले उच्च अदालत तुल्सीपुरको बुटवल ईजलासमा रिट दायर गरेका छन्।
टण्डन परिवारले ईलाका प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय रुपन्देही, जिल्ला प्रशासन कार्यालय रुपन्देही मेचिमहाकाली बुहारी अभियान र अमृतको माईति पक्षलाई बिपक्षी बनाएर दायर गरेको रिटमा बिपक्षीहरुले मानवअधिकारको हनन गरेको, अन्तेष्टिमा अवरोध गरेको र आफ्नै घरमा बस्न समेत असुरक्षित भएको उल्लेख गरेका छन्।
मृत्यभए देखिनै आन्दोलनमा उत्रिएको अमृताको माईती पक्षको सहमतीमा मृत्यु भएको ५ दिनका दिन पोष्टमार्टम भएको भएपनि उनको अन्तेष्टि हुन सकेको छैन्। अमृतको मृत्यु संकास्पद भन्दै माईति पक्षले श्रीमान प्रेम टण्डन र उनका बुवा टहलसिंह टण्डन र आमा दिपा टण्डनलाई ज्यान मार्ने उद्योगमा जाहेरी दिएर दवावका लागि भन्दै सडक आन्दोलनमा उत्रिएका थिए।
अमृताको मृत्यु भए संगै रुपन्देही र यसआसपासका मात्रै नभएर देशका बिभिन्न स्थानका क्रियाशिल रहेका महिला अधिकारकर्मीहरुले न्यायको लागि भन्दै सडक आन्दोलन समेत गरेका थिए। अहिले अमृताको माईती पक्षको आन्दोलन केही मत्थर भएको जस्तो देखिएपनि अन्तेष्टि गर्ने तर्फ चासो नदेखाएकोले पनि दाहसंस्कारमा अन्यौलता बढाएको स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित : २४ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६