जीवनशैली

रहेनन् पत्रकार पोख्रेल




२४ जेष्ठ
गुल्मी । पत्रकार राजु पोख्रेलको असामयिक निधन भएको छ । पोखरेलको मंगलबार दिउँसोे गुल्मीस्थित घर मै रुखमा घाँस झार्ने क्रममा लडेर मृत्यु भएको हो ।
कार्य क्षेत्र नवलपरासी भएका ३४ वर्षिय पोखरेल परिवारजन भेट गर्नका लागि ५ दिनअघि मात्र धुर्कोट गाउँपालिका–४ जैसीथोक रौताडीस्ति घर आएका थिए । घर नजिकै रुखबाट लडेर गम्भीर घाईते पोखरेलको केहि बेर अघि तम्घास स्थित जिल्ला अस्पतालका डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नवलपरासीको बर्दघाटमा रहेको दौंतरी एमफमका स्टेशन म्यानेजर रहेका पोखरेल क्रियाशिल पत्रकार थिए । उनी प्रेस सेन्टर नेपाल नवलपरासी ( पश्चिम ) का जिल्ला अध्यक्ष समेत हुन् ।
दुई कायकाल देखि प्रेस सेन्टर नवलपरासीको नेतृत्व सम्हालेका पोखरलेको दुखत निधन प्रति प्रेस सेन्टर नेपालको केन्द्रिय कार्यालयले शोक ब्यक्त गरेको छ । केन्द्रिय कार्यालय सदस्य मनोज घर्तीले ब्यक्तिगत र सिंङ्गो प्रेस सेन्टरको तर्फबाट शोक ब्यक्त गरेका छन् ।
यता गृहजिल्ला गुल्मी सहित लुम्बिनी प्रदेश भित्रका पत्रकारहरुले पनि पोखरेलको निधनप्रति समाजिक सञ्जालमार्फत शोक ब्यक्त गरेका छन् ।स्वर्गिय पत्रकार पोख्रेलका तीन भाई, चार दिदी ,बाबू–आमा र ७ वर्षीया छोरी छन् ।

प्रकाशित : २४ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६