प्रदेश

४ करोड रुपैयाँसहित चार जना चिनियाँ र एक नेपाली पक्राउ




जेठ २४,
काठमाण्डौ – स्रोत नखुलेको झन्डै चार करोड रुपैयाँसहित काठमाण्डौको नागढुङ्गाबाट चार जना चिनियाँ र एक जना नेपाली नागरिक पक्राउ परेका छन् ।
नुवाकोटबाट काठमाण्डौ आउँदै गरेको बीएबी ५७१० नम्बरको गाडीमा लुकाएर ल्याउँदै गरेको तीन करोड ८९ लाख १३ हजार रुपैयाँसहित पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । पक्राउ परेकाहरूलाई बरामद रकमसहित सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई बुझाइएको काठमाण्डौ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिनुभयो ।
पक्राउ पर्ने नेपालीमा गाडीका चालक नुवाकोट विदुर नगरपालिका ८ घर भएका वर्ष ४४ का फूलबहादुर गुरुङ रहेका छन् । अरू चार जना चिनियाँ हुन् ।

प्रकाशित : २४ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६