प्रदेश

वन क्षेत्रमात्रै व्यवस्थित भएमा पर्यटन प्रर्वद्धनमा सहयोग पुग्छः मुख्यमन्त्री केसी




कपिलवस्तु, २४ जेठ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले वन क्षेत्रलाई मात्रै व्यवस्थित ग¥यो भने पर्यटकीय प्रर्वद्धनमा पनि ठूलो टेवा पुग्ने बताउनुभएको छ । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशले कपिलबस्तुको जितपुरमा आयोजना गरेको अन्र्तक्रिया तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

सबै सामुदायिक वनले आ–आफ्नो नियमअनुसार राजश्व तिर्ने, संरक्षण गर्ने र लाभ पाउने व्यवस्था प्रदेश सरकारले गरेकाले आउने दिनमा वनभित्र चोरी निकासी नहुने मुख्यमन्त्री केसीले बताउनुभयो ।

प्रदेशको ५९ प्रतिशत वनको स्रोत भएकाले समृद्ध प्रदेश बनाउन यसले कोसेढुंगा सावित हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले वन क्षेत्रलाई मात्रै व्यवस्थित ग¥यो भने पर्यटकीय प्रर्वद्धनमा पनि ठूलो टेवा पुग्ने बताउनुभयो ।”
आउने आर्थिक वर्षदेखि लुम्बिनी प्रदेशको सबै सरकारी निकायमा आफ्नै प्रदेशमा उत्पादित फर्निचरको प्रयोग हुने समेत उहाँले बताउनुभयो । यसको लागि एउटा ठूलो अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६