प्रदेश

आइ.एम.ई. लाइफ इन्सोरन्स जितपुर शाखाले दियो मृत्यु दाबी रकम भुक्तानी




कपिलवस्तु, २५ जेठ । कपिलवस्तुको चारनम्बर जितपुरमा रहेको आइएमई लाइफ इन्सोरन्स जितपुर शाखाले २१ लख २० हजार १ सय ८८ रुपैँयाको मृत्युदाबी रकम भुक्तानी गरेको छ । सो कम्पनीको जितपुर शाखामा जीवन बिमा गरेका रुपन्देहीको सैनामैना नगरपालिका १ रानीबगियाका हरिबहादुर पाण्डेको कोभिड १९ का निधन भएपछि कम्पनीले निजको इच्छाएका व्यक्तिका बुबा गुमबहादुर पाण्डेलाई सो रकम बराबरको चेक मंगलबार हस्तान्त्रण गरेको संस्थाका शाखा प्रबन्धक गणेश कार्कीले बताउनुभयो ।

बिमा गरेपछि एक लाख ४५ हजारका दरले तीन किस्ता मात्रै बुझाएका पाण्डेको परिवारलाई राहत मिलेको छ । पारिवारिक स्रोतका अनुसार उक्त रकम आस्रित परिवारका सदस्यहरुको शिक्षामा खर्च गरिने बताएका छन् ।

कार्यक्रममा कम्पनीका लुम्बिनी प्रदेश प्रमूख प्रेम तिमिल्सीना, तालिम विभाग प्रमुख शुनिल आचार्य, क्षेत्रीय शाखा प्रमूख राजेन्द्र पन्थी, जितपुर शाखा प्रमूख गणेश कार्की लगाएतको उपस्थितिमा सो रकम बराबरको चेक पाण्डे परिवारलाई हस्तान्त्रण गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले प्रदान गरेको चेक ग्रहण गर्दै मृतकका बुबा गुमबहादुर पाण्डेले बिमा रकमलाई पैसा वा नगद सँग तुलना नगरी मानिसको मृत्युपछि आश्रीत परिवारको भविष्यसँग जोडेर हेर्नुपर्ने बतउनुभयो ।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६