कृषि

असार मसान्तसम्म मल उपलब्ध हुन्छः कृषि मन्त्रालय




काठमाडौं, २५ जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालको मल अभावको अवस्था असार मसान्तसम्म हल हुने दाबी गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले विभिन्न प्रक्रियाबाट मल आपूर्तिका लागि प्रयास भइरहेको जनाएको हो । मल खरिदका लागि कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ र सरकारले जीटूजीबाट गरेको पहलबाट मल ल्याउन प्रयास भइरहेको दाबी मन्त्रालयको छ ।

‘असार मसान्तसम्म कुल एक लाख ९२ हजार मेट्रिकटन मल आइपुग्छ,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यसमा भारतसंगको जीटूजीको ५० हजार मेट्रिकटन युरिया र ३० हजार मेट्रिकटन डिएपी पनि छ ।’

आपूर्तिको क्रममा रहेकामा साल्ट ट्रेडिङले खरिद गरेको मध्ये २० हजार मेट्रिकटन डिएपी, २२ हजार मेट्रिकटन युरिया छ । यस्तै कृषि सामग्रीले खरिद गरेको मध्येबाट ३० हजार मेट्रिकटन युरिया र २० हजार मेट्रिकटन डिएपी असारको दोस्रो साताबाट नेपाल भित्रिने मन्त्रालयको दाबी छ ।

असारको अन्तिम सातामा भारतसंगको जीटूजी अन्र्तगतको ५० हजार मेट्रिकटन युरिया र ३० हजार मेट्रिकटन डिएपी पनि आइपुग्ने मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कोभिढ र बढ्दो अन्तराष्ट्रिय मूल्यका कारण मल आपूर्तिको जिम्मा पाएका ठेकदारले २ लाख २२ हजार मेट्रिकटन मल समयमै आपूर्ति नगरेको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६