जीवनशैली

सरकारका कारण देश संकट उन्मुख : मेयर अर्याल




जितपुर २६ असार । कपिलवस्तु एल.पी. ग्यास व्यवसायी संघको आठौँ साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ । साथै चौँथो अधिवेसनले नेतृत्व छनौट गरेको छ । उद्घाटन कार्यक्रम लाई सम्वोधन गर्दै बाणगंगा नगर अध्यक्ष चक्रपाणी अर्यालले केन्द्रीय सरकारको गलत कार्यशैलीका कारण अहिले जनताको ढाड सेकिने गरी महगीँ बढिरहेको टिप्पणी गर्नुभएको छ । इन्धन मात्र नभएर कृषको लागी अत्यावश्यक मल, खाद्य पदार्थ लगायत सम्पुर्ण वस्तुको मुल्य आकासीनुमा पुुर्णरुपमा केन्द्रीय सरकार जिम्मेवारी भएको बताउनुभएको हो ।त्यस्तै कार्यक्रममा बोल्दै एल.पी. ग्यास व्यवसायी संघ नेपालका अध्यक्ष ज्ञानेन्द्र अर्यालले देश आर्थिक संकटको बाटो तिर गैरहेकोले केन्द्रीय नेताहरु यसमा सजग हुनुपर्ने बताउनुभएको थियो ।
एल.पी. ग्यास लगायत सम्पुर्ण इन्धनको मुल्य बाहिर बाटै महगँो भएको कारण त्यसको असर नेपालमा पनि परेको उहाँले स्पस्ट पर्नुभएको थियो । “देशभरिका ग्यास बिक्रेताहरुको सामुहिक ऐकयवद्धता, आत्मनिर्भर र व्यवस्थीत कारोवार हाम्रो प्रतिवद्धता” भन्ने मुल नाराका साथ आज बाणगंगा २ पिपरा स्थीत लुम्बिनी पार्टी प्यालेसमा कपिलवस्तु एल.पी. ग्यास व्यवससायी संघका अध्यक्ष दिनेश चन्द्र गुप्ताको अध्यक्षतामा कार्यक्रम भएको हो । देशमा मात्र नभएर विदेशमा पनि एल.पी. ग्यास, अन्य इन्धन लगायत सम्पुर्ण बस्तुको मुल्य आकासीएको बेला आफुहरुले जनता सकेसम्म सहज रुपमा ग्यास प्राप्त गर्नमा सहयाग गरेको बताउनु भएको थियो ।

प्रकाशित : २६ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६