खेलकुद

महिलाहरुको आत्मरक्षाका लागि कपिलवस्तुमा खेलकुद अभिवृद्धि तालिम




हरि घिमिरे, ३० असार ।
राष्ट्रपति महिला खेलकुद अभिवृद्धि कार्यक्रम अन्र्तगत महिलाहरुको आत्मरक्षाका लागि कपिलवस्तुमा खेलकुद अभिवृद्धि तालिम सुरु भएको छ । जिल्लाको शिद्धार्थ क्याम्पसको शभाहलमा विहिवार (आज) देखि तालिम सञ्चालन भएको छ । तालिम तिनदिन शनिवार सम्म चल्ने छ । खेलकुद अभिवृद्धि तालिमलाई लाई सम्बोधन गर्दै रा.खे.प. वोर्ड सदस्य नन्दा बस्यालले महिलाले पनि खेलकुदका क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको स्मरण गर्दै कपिलवस्तुका महिलाले पनि खेल क्षेत्र लाई प्रभावकारी ढगँ बाट अघि बढाए यस क्षेत्रमा राम्रो प्रगति हुने बताउनु भएको थियो । बस्यालले भन्नुभयो “सबै भन्दा महिलामा आत्मरक्षा आवश्यक हुन्छ ।” ‘त्यो हामिले विकास गर्नु पर्छ ।’ उहाँले आफुले खेल क्षेत्रमा गरेका संघर्षका उदाहरण दिदैँ महिलाको एक नेतृत्व देशको पहिचानको झण्डा विदेशमा फहराउन सफल हुनेमा विश्वस्त हुन सहभागिलाई आग्रह गर्नु भयो । यस्तै कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जिल्ला संग जोडेर देशको नामलाई उच्च शिखरमा पु¥याउन सहभागिलाई शुभकामना दिनु भयो । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नारका साथ महिलाहरु लाई खेलकुदको क्षेत्रमा अघि ल्याउने उनिहरुको आत्मारक्षा बृद्धिगर्ने उद्देश्यका साथ खेलकुद अभिवृद्धि तालिम गरिएको हो । आत्मरक्षा तालिमका लागि रुवि दंगाल र सुविना श्रेष्ठले प्रशिक्षण गराउनु हुनेछ । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका उपाध्यक्ष गोविन्दी थारुको अध्यक्षता, राष्ट्रिय खेलकुद परिषद (राखेपका) वोर्ड सदस्य नन्दा वश्यालको प्रमुख आतिथ्यता, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमा सिद्धार्थ क्याम्पसका सहायक प्रधानाध्यापक राजकुमार अर्याल, पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी, हर्ट विट एफ.एम.का स्टेसन म्यानेजर हरि घिमिरे, र संचारकर्मि विमल गैरे लगायतको आतिथ्यता रहेको थियो । खेल प्रशिक्षक हेमन्त श्रेष्ठको स्वागत रहेको कार्यक्रमको सञ्चालन जिल्लाखेलकुद विकास समिति कपिलवस्तुका कार्यलय प्रमुख मिन प्रसाद पोख्रेलले गर्नु भएको थियो । तालिममा विभिन्न विद्यालयका विध्यर्थीहरुको उपस्थिती रहेको छ ।

प्रकाशित : ३० असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६