अन्तर्राष्ट्रिय

न्युजिल्यान्डका ब्रेसवेलले लिए करिअरको पहिलो ओभरमै ह्याट्रिक



५ साउन
न्युजिल्यान्डले घरेलु टोली आयरल्यान्डसँगको टी–२० श्रृङ्खला एक खेल अगाडि नै जितेको छ । गएराति भएको दोस्रो खेलमा न्युजिल्यान्डले आयरल्यान्डलाई ८८ रनले हरायो ।
जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड ९१ रनमा अलआउट भयो । न्युजिल्यान्डका स्पिनर माइकल ब्रेसवेलले आफ्नो टी–२० करिअरको पहिलो ओभरमै ह्याट्रिक विकेट लिएका छन् । उनले १४औँ ओभरमा ह्याट्रिक विकेट लिएका हुन् ।
१४औँ ओभरको तेस्रो बलमा मार्क आदिर, चौथो बलमा ब्यारी म्याकार्थी र पाँचौँ बलमा क्रेग योँग आउट भए । ब्रेसवेल न्युजिल्यान्डबाट टी–२० मा ह्याट्रिक गर्ने ज्याकोब ओरम र टिम साउथीपछि तेस्रो बलर हुन् ।
उनले आयरल्यान्डसँगको पहिलो टी–२० मा डेब्यु गरेका थिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । पहिलो खेलमा न्युजिल्यान्ड ३१ रनले विजयी भएको थियो । तेस्रो खेल शुक्रवार हुनेछ ।

प्रकाशित : ५ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६