बागमती

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही



झापा, १० कात्तिक :

मेचीनगर नगरपालिकाले अनुमति बेगर अस्पताल, क्लीनिक तथा प्रयोगशाल सञ्चालन गर्ने १३ निकायलाई कारबाही गरेको छ । नगरपालिकाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र उपभोक्ता जागरण अभियान नेपालको टोलीले चारआली, धुलावारी, इट्टाभट्टा र काँकडभिट्टामा सञ्चालित दुई दर्जनभन्दा बढी अस्पताल, क्लीनिक र फार्मेसीमा अनुगमन गरेको थियो । विना अनुमति सञ्चालन गरिएका स्वास्थ्य संस्थालाई आजैदेखि शिलबन्दी गरिएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले राससलाई बताउनुभयो । शिलबन्दीमा मेचीनगर–१३ चारआलीस्थित मनकामना अस्पताल र मेचीनगर–१० धुलाबारीस्थित सामुदायिक स्वास्थ्य सेवा प्रालिसमेत रहेका छन् । इजाजतसम्बन्धी कागजात नभएका दुईवटै संस्थालाई जनही रु दुई लाख ५० हजार जरिवाना गरिएको छ । इजाजत नलिई प्रयोगशाला (ल्याब) सञ्चालन गरेका मेचीनगर–१० धुलाबारीको शिखर अस्पताल प्रालिलगायत ११ वटा अस्पताल, क्लीनिक र फार्मेसीलाई रु ७५ हजारका दरले जरिवाना गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । अवैध रुपमा प्रयोगशाला सञ्चालन गर्दै आएका प्रतिमा जमूना मेडिकल, न्यूमिलन मेडिकल हल, रोहन मेडिकल, दिव्यांशी मेडिकल, बरुनाभ मेडिकल, भरोसा मेडिकल, काँकडभिट्टा आइकेयर सेन्टर, तेजस्वी मेडिकल, रस्मिका फार्मेसी र जीवन रक्षा मेडिकल जनही रु ७५ हजारका दरले जरिवाना गरिएको छ । “कहलिएका मेडिकल क्लीनिक र अस्पतालमा समेत विना इजाजत प्रयोगशाला सञ्चालन गरिनु गम्भीर लापरबाही हो”, बजार अनुगमनमा खटिनु भएको उपभोक्ता जागरण अभियान झापाका सदस्य अर्जुन कार्की भन्नुहुन्छ, “नागरिकको स्वास्थ्य सेवासँग जोडिएको सम्वेदनशील विषयमा गल्ती र लापरबाही गर्ने छुट कसैले पनि पाउनुहुँदैन ।” अनुगमनपछि अस्पतालसहित ११ वटा निजी स्वास्थ्य संस्था तथा क्लीनिकमा अनुगमन टोलीले शिलबन्दी गरेको थियो । जरिवाना बुझाएर इजाजतपत्र अद्यावधिक गरेपछि मात्र शिल खोलिने मेचीनगर स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले बताउनुभयो ।

प्रकाशित : ११ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६