अन्तर्राष्ट्रिय

लिभरपुलले लाइपजिगलाई ५ गोलले हरायो



६ साउन
मैत्रीपूर्ण खेलमा लिभरपुलले जर्मन क्बल आरबी लाइपजिगलाई ५ गोलले हराएको छ । रेडबुल एरिनामा गएराति भएको खेलमा लिभरपुलले लाइपजिगलाई ५–० गोलले हरायो । उसको जितमा भर्खरै बेन्फिकाबाट लिभरपुलसँग सम्झौता गरेका डार्विन नुनेजले ४ गोल गरे ।
यस्तै मोहम्मद सलाहले १ गोल गरे । लिभरपुलका मुख्य प्रशिक्षक जर्गेन क्लोपले नुनेजको प्रदर्शनबाट आफू निकै उत्साहित भएको बताएका छन् । प्रिमियर लिग सुरु हुनुअघि मैत्रीपूर्ण खेलको यात्रामा रहेको लिभरपुलले यसै हप्ता म्यानचेस्टर सिटी र साल्जवर्गसँग खेल्दैछ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६