खोज–अनुसन्धान

लुम्विनी प्रदेश सरकारवाट ४ बर्षमा ९ वटा पहुँच मार्ग निर्माण




बुटवल ७ साउन । लुम्विनी प्रदेश सरकारवाट ४ बर्षमा ९ वटा पहुँच मार्ग निर्माण भएका छन् । ३ वटाको काम जारी । १०९ पालिकालाई मुख्य सडकसंग जोड्ने पहुँच मार्ग निर्माणको काम मध्ये १८ वटामा शुरु नै हुन् सकेको छैन । लुम्बिनी प्रदेश सरकारले स्थापनादेखि नै धेरै बजेट सडक निर्माणमा खर्च गरेको छ । सडकमा खर्चेको बजेट अनुसारको प्रतिफल भने देखिएको छैन । बजेटमा प्राथमिकता दिएर सडक निर्माण थाले पनि तिनलाई निरन्तरता दिने र सम्पन्न गर्ने काममा ध्यान नपुग्दा प्रतिफल नदेखिएको हो ।
यही कारण प्रदेश सरकारले निर्माण थालेका र जिम्मा लिएका धेरै सडक अलपत्र छन् । ‘स्थानीय तह पहुँच मार्ग’ त्यसैमध्येको एक हो । प्रदेश सरकार स्थापना हुँदा लुम्बिनीका १ सय ९ पालिकामध्ये ३० वटाको मुकाम जिल्ला तहको सडक क्षेत्रभन्दा बाहिर थिए । प्रदेश सरकारले स्थापनाकै वर्ष ०७४/ ०७५ देखि स्थानीय तहका मुकामलाई सडक सञ्जालमा जोड्न भन्दै ‘पहुँच मार्ग’का नाममा बजेट विनियोजन गरेको थियो । चालु आवसम्म बर्सेनि करिब ३० करोड बजेट विनियोजन भएको छ ।भौतिक पूर्वाधार विकास मन्त्रालयले सबै पहुँच मार्गको प्रारम्भिक अध्ययन पनि गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता भीमार्जुन पाण्डेले धेरै लम्बाइका र सडकसँगै अरू पूर्वाधार निर्माण गर्नुपर्ने काम नथालिएको बताए । मन्त्रालयका अनुसार दूरीका हिसाबले सबैभन्दा टाढा रोल्पाको सुनछहारी गाउँपालिका जिल्ला तहको सडक सञ्जालभन्दा ३० किलोमिटर दूरीमा छ ।

प्रकाशित : ७ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६