अर्थ-वाणिज्य

लुम्बिनी प्रदेशमा गौरवका आयोजना अलपत्र




लुम्बिनी १८साउन ।लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र परेको छ । पाँच वर्ष बितिसक्दा समेत लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो । दुई वर्षमा सक्ने गरीे सिद्धबाबा सडकको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक अहिलेसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीयहरु समस्यामा परेका छन् । सडक खनेका कारण कतिपय जमिन भासिएको र पहिरो जाने गरेको स्थानीयहरुको गुनासो छ ।
चुरे क्षेत्रको सम्भाव्यता अध्ययन बिना सडक खन्दा, चुरेमा सडक बनाउने तरिका नमिल्दा र टुक्रे बजेट विनियोजन हुँदा लुम्बिनी प्रदेश सरकारले सडक निर्माणको कामलाई गति दिन नसकेको स्थानीहरुको भनाइ छ ।लुम्बिनी प्रदेश सरकारको गौरव आयोजनाअन्तर्गत रहेको यो सडकका लागि तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश स्थापनाको पहिलो वर्षबाट नै बजेट विनियोजन गर्नुभएको भएपनि अहिले सो सडक अलपत्र बनेको छ ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६