खोज–अनुसन्धान

देशभरका दर्तावाल पशु चिकित्सकहरु आन्दोलित




बुटवल ४ भदौ ।संघीय सरकारले बनाएको विधेयकले पशु चिकित्सक तथा विज्ञलाई विभेद गरेको भन्दै पशु चिकित्सकहरु आन्दोलित भएका छन् । पशु स्वास्थ्यजस्तो गम्भीर विषयमा विज्ञ र प्राविधिकबीच सामान्य भिन्नता समेत नदेखिने गरी विवादित विषयहरु सम्बोधन नगरी विधेयक अघि बढाइएको भन्दै नेपाल भेटेरिनरी एसोसिएसनको अगुवाइमा देशभरका दर्तावाल पशु चिकित्सकहरु आन्दोलित भएका हुन् । आन्दोलनका अन्तर्गत भेटेरिनरी एसोसिएसन लुम्बिनी प्रदेश समितिले शुक्रबार बुटवलमा विरोध ¥याली आयोजना गरेको छ ।
बसपार्कबाट निस्केको विरोध ¥याली राजमार्ग चौराहमा पुगेको थियो । विरोध ¥यालीपछि आयोजित कोणसभामा वक्ताहरुले विदेशमा रहेका दक्ष जनशक्ति स्वदेश भित्र्याउने नीति र वातावरण विकास गर्नुपर्नेमा दिनानुदिन वैज्ञानिक जनशक्ति पलायन हुने अवस्था सिर्जना गरिएका कारण विरोध गर्नुपरेको बताए । द्वैध अर्थ लाग्ने शब्दहरु राखी विधेयक पारित गरिएको भन्दै एसोसिएसनले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभा बैठकबाट मंगलबार पारित भएको छ ।

प्रकाशित : ४ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६