खोज–अनुसन्धान

चुनावपछि पार्टी एकता हुन्छ , १५ भदौ अगावै सिट बाँडफाँट टुङ्गो लाग्छ :खनाल




अर्घाखाँची ६ भदौ । नेकपा (माओवादी केन्द्र) का सचिव चक्रपाणि खनालले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पाँच दलीय गठबन्धनबीच केही दिनमै सिट बाँडफाँटको टुङ्गो लाग्ने बताउनुभएको छ । आज सोमवार प्रेस सेन्टर अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले यही भदौ १५ गतेसम्म सिट बाँडफाँटको टुङ्गो लाग्ने र समयमै उम्मेदवारहरू जिल्ला आउने बताउनुभएको हो । उहाँ पार्टीको जिल्ला समन्वय समितिको बैठकमा सहभागी हुने अर्घाखाँची आउनुभएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै सचिव खनालले माओवादी र नेकपा समाजवादीबीच चुनावपछि एकता हुने बताउनुभयो । उहाँले चुनावमा संयोजन समिति बनाएर गठबन्धन गरेर जाने र चुनावपछि एकता गर्ने सहमति भएको बताउनुभयो । आउँदो चुनावलाई मध्यनजर गर्दै पालिका चुनावमा गरिएको गठबन्धन कायम रहने तथा अन्य दललाई पनि गठबन्धनमा समावेश गर्ने गरी प्रक्रिया अगाडि बढेको उहाँको भनाइ छ ।
अहिलेको गठबन्धन संविधान रक्षाका लागि भएको जिकिर गर्दै सचिव खनालले गणतन्त्रको रक्षा र स्थायित्वका लागि गठबन्धन गरिएको बताउनुभयो । गठबन्धन हिजोको जस्तो नभइ स्थायित्व दिने खालको भएको बताउँदै उहाँले राष्ट्रिय जनमोर्चा र एमालेबाहेकका अन्य कम्युनिस्ट पार्टीसँग पनि एकताको छलफल भइरहेको बताउनुभयो ।

प्रकाशित : ६ भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६