अर्थ-वाणिज्य

लुम्विनी प्रदेशसभा नयाँ भवनमा असौज भित्रै स्थानान्तरण हुन्छ :पोखरेल




दाङ७ भदौ । लुम्विनी प्रदेश सभा नयाँ भवनमा असौज भित्रै दाङमा स्थानान्तरण हुने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले स्पष्ट पार्नु भएको छ ।लुम्बिनी प्रदेश सरकारले दाङमा बनाउन थालेको प्रदेश सभा भवन निर्माणको काम सम्पन्न भएको उहाले जनाउनु भयो । भवन निर्माणको काम सकिएपनि रङरोगन लगायतको बाँकी रहेको हो । दुई वर्षअघि वाईबी ईन्फ्रास्टक्चर एण्ड सप्लायर्सले निर्माण ठेक्का लिएको यो काम प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत फेरबदलमा विवाद हुँदा केही समय ढिला भएको हो । अहिलेसम्म भवनको काम सकिएपनि भित्री काम बाँकी छ ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोख्रेलका अनुसार प्रदेश सभा भवन निर्माणको ९५ प्रतिशत काम सकिएको छ । उहाँले भन्नुभयो,‘अब लाइट र साउण्ड सिस्टम जडान गर्न बाँकी छ’,भवनको काम सकिएको छ ।’ प्रदेशसभा भवन आगामी असौजसम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ । त्यतिबेलासम्म काम सकेर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कार्यकारी अधिकृत पोख्रेलले जानकारी दिनुभयो । प्रदेश सरकारले पाँच करोड २१ लाखको लागतमा भवन निर्माण गरेको हो । प्रदेश सभा भवन दाङको राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालय परिसरभित्र बनिरहेको छ । प्रदेश सभा भवन निर्माणको काम सुरु भएको एक वर्ष नाघिसकेको छ ।
तीन महिनाभित्र प्रिफ्याव मोडेलमा भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । बीचमा डिजाइन फेरेर बनाउन थालिएपछि अर्थ मन्त्रालयले बजेट रोकेको थियो । बजेट रोकिएपछि पुरानै डिजाइनमा बनाउने सम्झौता अनुसारको काम अघि बढेको बताइएको छ । यसअघि प्रदेश सरकारको बैठक स्थायी राजधानीमा राख्ने तयारी गरिएको थियो । तर, प्रदेश सभा भवन निर्माण कार्य सम्पन्न नहुँदा राख्न सकिएको थिएन । अब भदौ महिनापछि प्रदेश सभा भवनमा बैठक राख्न सकिने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले बताउनुभयो ।
प्राविधिक शिक्षालयमा प्रदेशका संरचना बनाउन थालेपछि सरकारले प्रदेश राजधानी व्यवस्थापनका लागि दाङको देउखुरीमा रहेको राप्ती प्राविधिक शिक्षालयलाई गढवा गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण काम थालेको छ । उक्त स्थानमा नमुना शिक्षालयको रूपमा विकास र व्यवस्थापन तथा सरस्वती माध्यमिक विद्यालयको भौतिक संरचना निर्माणका लागि सात करोड ५० लाख विनियोजन गरिएको छ ।
हाल शिक्षालय सञ्चालनमा रहेको राप्ती प्राविधिक शिक्षालयको संरचनालाई राजधानीको व्यवस्थापनको रूपमा प्रयोगमा ल्याउने गरी बजेट विनियोजन गरिएको हो । सरकारसँगको सम्झौताअनुसार प्रदेश सभा भवनका लागि आवश्यक पर्ने सबै संरचना १२ हजार स्क्वायर फुट क्षेत्रफलमा तयार हुनेछ । सात हजार स्क्वायर फुटमा प्रदेश सभाको सभाहल बन्नेछ । भवनको भुइँतलामा प्रदेश सभा बैठक कक्ष, सभामुखको रोस्टम, मुख्यमन्त्री, विपक्षी दलका नेताको कार्यकक्ष, कर्मचारीका लागि आवश्यक कक्ष, मर्यादापालक कक्ष, आवश्यक अन्य संरचना बनेका छन ।

प्रकाशित : ७ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६