खोज–अनुसन्धान

कपिलवस्तुमा ९ हजार मतदाता थपिए : कुल मतदाता कति?




कपिलवस्तु ८ भदौ।कपिलवस्तुमा आगामी मंसिर ४ मा हुने निर्वाचनकालागि ८ हजार ९३७ मतदाता थपिएका छन । प्रारम्भिक विवरण अनुसार जिल्लामा कुल ३ लाख ८२ हजार ३७ मतदाता रहेका छन । जसमा पुरुष २ लाख ४ हजार ३४ र महिला १ लाख ७७ हजार ९९३१ रहको छन । यस्तै अन्य २ जना छन । गत स्थानीन निर्वाचनमा जिल्लामा कुल २ लाख ७३ हजार १ सय मतदाता थिए ।आउने मंसिर ३ गते भित्र १८ बर्ष पुरा भई मतदातामा संलग्न हुने मतदाता भने बाकी रहेको छ । जिल्ला निर्वाचन कायौलयद्धारा आयोजित मतदाता नामावली अध्यावधीक – दाबी बिरोध २०७९ सम्बन्धी सरोकारवालासंग गरिएको अन्तरक्रिया कार्यक्रममा सो जानकारी आएको हो । प्रारंभिक बिवरण अनुसार जिल्लाको मतदाता संख्या ३ लाख ८२ हजार ३७ रहेको र फाईनल मंगलवार साझ सम्म आउने उनले बताईन ।
यही भदौ १३ देखि १९ भदौ सम्म मतदाताको त्रुटी सच्चाउने, दोहोरापन हटाउने, मृत्यु भएकाहरुको नामावली हटाउने,लागतयका काम हुने भएकाले सम्बन्धित दर्ता अधिकारीकोमा समय मै निबेदन दिन उनले आग्रह गरिन । यस बारेमा स्थानीय एफएम रेडियोमा सुचना प्रशारण भएको र वाडहरुमा समेत सुचना प्रकाशित गरिने उनले बताईन ।सो अवसरमा प्रजिअ धर्मेन्द्र कुमार मिश्रले निर्वाचन स्वच्छ र मर्यादीतरुपमा हुन सबैको सहयोग आवश्यक रहेको बताए । उनले बेलैमा सबैले आफनो बिवरणहरु निर्वाचन कार्यालय दिन सुझाव समेत दिए । कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुहरु, राजनीतक दलका नेता तथा प्रतिनिधि, बिभिन्न सरकारी र गैर सरकारी कार्यालय प्रमुख र प्रतिनिधको समेत सहभागीता थियो ।

प्रकाशित : ८ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६