खोज–अनुसन्धान

कपिलवस्तुकै सर्वाधिक ठूलो तीजगीत प्रतियोगिता शुक्रवार हुने




कपिलबस्तु ९ भदौ । कपिलवस्तुमा भोली शुक्रवार जिल्लाकै सबै भन्दा ठूलो तीज गीत प्रतियोगिता हुने भएको छ।कपिलबस्तुका ३ वटा नगरपालिका र बुद्धआवाज टेलिभिजनको आयोजनामा खुल्ला तीजगीत प्रतियोगिता हुने भएको हो । बाणगंगा नगरपालिका बुद्ध भूमी नगरपालिका कपिलवस्तु नगर पालिका र सामुदायिक टेलिभिजन बुद्ध आवाजको संयुक्त आयोजनामा हुने प्रहिले भाग लिदैछन् । टिम दर्ता हुने क्रम जारीनै रहेको वताइएको छ ।
महिला हिंसा र विभेद अन्त्यका लागि गर्नु पर्ने उपाय एवम स्थानीय सरकारलाई जनताका पक्षमा काम गर्न प्रेरीत गर्ने खालका गीतहरु प्रतिस्पर्धामा प्राथमिकतामा राखिने आयोजकको भनाइछ । कार्यक्रम सिद्धार्थ क्याम्पस बुङचीमा भदौ १० गते ११ वजेवाट शुरु हुने छ । टेलिभिजनले प्रत्यक्ष प्रशासरण गर्ने कपिलबस्तु कै हकमा सबै भन्दा बृहत प्रतियोगितामा उत्कृष्ट चार समुहलाई आकर्षक नगद पुरस्कारको व्यवस्था समेत गरिएको छ । प्रतियोगितामा प्रस्तुत हुने गीतहरु तीजको अवधिभर बुद्धआवाज टिभिले निरन्तर प्रशारण गर्ने व्यवस्थापक भेषराज पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित : ९ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६