खेलकुद

मणिमुकुन्द कलेजमा शिक्षिका भलिबल प्रतियोगीता शुरु, उद्घाटन खेलमा एभरेष्ट बिजयी




भदौ १०, बुटवल । मणिमुकुन्द कलेज बुटवलमा शुक्रबार (आज) देखि शिक्षिका भलिवल प्रतियोगीता शुरु भएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको मणिमुकुन्द कलेज व्यावस्थापन समितिका अध्यक्षगम प्रसाद रेश्मीले उद्घाटन गर्नुभयो ।

प्रतियोगीता अन्तर्गत आज सम्पन्न उद्घाटन खेलमा एभरेष्ट माबि बिजयी भएको छ । कान्ति माबि बुटवल लाई २ – ० को सेटले पराजित गर्दै एभरेष्ट बिजयी भएको हो । प्रतियोगिताका अन्य खेलहरु शनिबार हुनेछन ।

प्रतियोगिताका विजेता टिमलाई कप, मेडल र प्रमाणपत्र सहित सम्मान गरिनुका साथै प्रथम, द्धितीय र तृतियहुने टिमसंग सामुहिक दर खाने कार्यक्रम समेत रहेको क्याम्पस प्रमुख टुक बहादुर क्षेत्रीले जानकारी दिनुभयो । बिभिन्न विद्यालयका शिक्षिका हरुबिच आत्मिय सम्बन्ध बिकासका लागी प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।

मणिमुकुन्द कलेज योगिकुटिमा जारि प्रतियोगिताको फाइनल खेल भोली शनिवार ३ बजे हुने आयोजकले जानकारी दिएका छन । मणिमुकुन्द विद्यार्थी काउन्सिलका अध्यक्ष दिपेन्द्र पाण्डेको अध्यक्षता र क्याम्पस व्यावस्थापन समितिका अध्यक्ष गम प्रसाद रेश्मीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रको सञ्चाल झरना अर्यालले गर्नु भएको थियो ।

प्रकाशित : १० भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६