अर्थ-वाणिज्य

महिला जनप्रतिनिधी र महिला संचारकर्मीको तीज मिलन समारोह




कपिलवस्तु ११ भदौ ।नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजनामा सञ्चारकर्मीका लागि शुक्रवार तौलिहवामा एक कार्यक्रमका विच तिज मिलन कार्यक्रम गरिएको छ। कार्यक्रमको समुद्घाटन गर्दै वाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी चौधरीले चाडपर्वले एक आपसमा सद्भाव आत्मीयता बढाउने बताउनु भएको छ । चाडपर्वहरुलाई तडक भडक नगरी संस्कृतिको जर्गेना गर्नु पर्ने बताउनु भयो ।
पत्रकारहरुले पनि संस्कृति संरक्षणका लागि विषयवस्तु जनसमक्ष पस्किनु पर्ने जनाउनु भयो । कार्यक्रममा बोल्दै कपिलवस्तु नगरपालिका उपमेयर सुनिता गुप्ताले चाडपर्वहरुलाई रिति रिवाज र संस्कृति सँग जोडेर मनाउनु पर्ने बताउनु भयो । भावी सन्ततीलाई संस्कारी बनाउन पनि संस्कृतिको संरक्षण गर्नु आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा महासंघका अध्यक्ष किरणमान वज्राचार्यले संस्कृति सँग जोडिएका चाडपर्वले आत्मियता र सद्भाव बढाउने बताउनु भयो । संघका उपाध्यक्ष श्वेता गिरीको अध्यक्षता सचिव जानु पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा संघका पुर्व उपाध्यक्ष द्धोए सरोज अर्याल, पार्वती पाण्डे लगायतले तिजको शुभकामना दिनु भएको थियो । कार्यक्रममा जिल्लाका सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : ११ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६