खेलकुद

नेपाल र केन्याबीचको पाँचौँ तथा निर्णायक टी–२० क्रिकेट आज



काठमाण्डौ १४ भदौ
नेपाल र केन्याबीचको पाँचौँ तथा निर्णायक टी–२० क्रिकेट आज हुँदैछ । खेल नैरोबी जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने चार बजे सुरु हुनेछ।
पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ । हिजो भएको चौथो खेलमा नेपाल घरेलुु टोली केन्यासँग ७ रनले पराजित भएपछि शृङ्खला बराबरी भएको हो । जितको लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्रै बनायो ।
टस जितेर पहिला ब्याटिङ गरेको केन्या निर्धारित २० ओभरमा १ सय १ रनमा अल आउट भएको थियो । केन्यासँगको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।
टी–२० शृङ्खलापछि नेपालले घरेलु टोलीसँग तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछ । पहिलो खेल आउँदो १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल २० गते हुने तालिका छ।

प्रकाशित : १४ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६