बिकास थापा
कपिलवस्तु १५भदौ ।बाणगंगमा भूउपयोग कार्यान्वयन कार्यविधी २०७९ को मस्यौदा माथी सरोकारवालाहरुका बिचमा छलफल भएको छ । स्थानिय सरकार ऐन २०७४ को दफा १०२ र भूउपयोग ऐन, २०७६ को दफा ३३ ले दिएको अधिकार प्रयोग गरि बाणगंगा नगरपालिकामा यो कार्यबिधि तर्जुमा गरि जारी गरिएको छ । यहि कार्यबिधि र ऐन ,सबिधानमा भएका ब्यवस्थाका बारेमा सरोकारवालाहरुमा बिचमा छलफल गर्दै कार्यबिधिलाई संशोधन गर्दै अघि बढ्ने निर्णय भएको छ । भने सरोकारवालाहरुबाट राय सुझाब लिदै नगरका सबै वडामा यस भूउपयोग कार्यान्वयन कार्यविधी बारे भदौ २२ गतेबाट अभिमूखिकरण गर्ने पनि निर्णय भएको छ ।
भूउपयोग कार्यक्रम आफैमा नया बिषय र नेपालमा पहिलो पटक कार्यान्वयनमा आउने भएकोले यस बिषयमा समस्त जग्गाधनी लगायत सरोकारवालाहरूको सहभागिता आवश्यक देखिएको बाणगंगा नगरपालिका मेयर चक्र अर्यालले बताउनुभएको छ । भूउपयोग नीति, ऐन र नियमावलीको प्रभावकारी कार्यान्वयनमा सबैको साथ सहयोग र सहकार्य आवश्यक रहेको नगरकी उपप्रमुख रिता कुमारी चौधरीले बताउनुभयो ।
छलफलमा जिल्लाका मालपोत अधिकृत ऋषिराम पौडेल ,जिल्ला नापि अधिकृत सुवास न्यौपाने ,ईन्जिनियर सुनिल श्रेठ र सर्वेक्षक आदित्य खनालले सहजिकरण गर्नुभएको थियो । भूमीलाइ भूबनौट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकताको आधारमा कृषि क्षेत्र,आवासीय क्षेत्र,व्यावसायिक क्षेत्र,औद्योगिक क्षेत्र,खानी तथा खनिज क्षेत्र,वन क्षेत्र,सार्वजनिक उपयोगको क्षेत्र,सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्र, र आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र गरि १० वटा भूउपयोग क्षेत्रमा बर्गीकरण गरिने छ । यिनै आधारलाई मान्दै नगरपालिकाले नगरका बिभिन्न वडा र क्षेत्रमा रहेका भूमि र ति ठाउको बिशेषताका आधारमा बर्गीकरण गरिने छ ।
कार्यक्रममा नगरका प्रमुख प्रशासयिक अधिकृत खिमानन्द भूषालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नगरका शिक्षा शाखा प्रमुख खिम बहादुर जिशीले गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु , कार्यबिधि कार्यान्वयन समितिका सदस्यहरु, कर्मचारीहरु लगाएतको उपस्थिती रहेको थियो ।
१५ भाद्र २०७९, बुधबार
प्रतिक्रिया