खोज–अनुसन्धान

सडक निर्माण अलपत्र पार्ने सन्तोषी निर्माण सेवालाई कारवाही गर्न




तौलिहवा १८ भदौ । सडक निर्माण अलपत्र पार्ने सन्तोषी निर्माण सेवालाई कारवाही गर्न कपिलवस्तुको पर्यटकीय क्षेत्र जगदिशपुर र शिवपुरका अगुवाले माग गरेका छन् । कपिलवस्तु नगरपालिका–६, निगालीकोट–थुम्हवा निर्माणाधीन सडक तथा नालाको काम दुई वर्षदेखि अलपत्र परेपछि स्थानीयवासीले आवतजावतमा सास्ती खेप्नुपरेको छ। झन्डै चार वर्ष पहिला खाडल खनेर सुरु गरिएको सडक निर्माण कार्य ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेको स्थानीय बताउँछन्। स्थानीय भोजराज खनालले ठेकेदारलाई कारवाही गर्नु पर्ने वताउदै अलपत्र पार्ने कामले जनतामा सास्ती थपिएको वताउनु भयो ।
ठेकेदार कम्पनीले ठेक्का सम्झौतापछि थोरै काम गरेर अलपत्र पारेको हो। सडक सम्याउन र नाली बनाउन खाल्डो खनेको तीन वर्ष हुन लाग्दा पनि थप निर्माण कार्य सुरु हुने अवस्था छैन। खनिएको गहिरो खाल्डोमा बालबच्चा डुब्ने डर त्यत्तिकै छ, स्थानीय विष्णु कलवारले भन्नुभयो– सडक बनाउने भनेर घरको छत भत्काइदिए, अहिले अलपत्र पा–यो।तिलौराकोट–जगदीशपुर, निगालीकोट–सेमरी, सडवा–लक्ष्मीनगर, श्रीरामपुर, दलदलहा र कपियवामा एकैचोटि ७५ करोड रुपियाँको लागतमा १८ किलोमिटर पिचबाटो तथा नाली निर्माणका लागि सन्तोषी निर्माण सेवाले ठेक्का सम्झौता गरेको हो। सो सम्झौताअनुसार, २०७८ वैशाखसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि सडक खनेर अलपत्र र नालीको काम अधुरै राखेको छ । कोरोनाका कारण निर्माण कार्य केही समय ढिलो भएको दाबी निर्माण कम्पनीको छ।

प्रकाशित : १८ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६