खेलकुद

नेपाल र केन्याबीचको दोस्रो एकदिवसीय क्रिकेट आज



काठमाण्डौ १८ भदौ – नेपाल र केन्याबिचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल दिउँसो पौने एक बजे नैरोबी मैदानमा सुरु हुनेछ ।
नेपालले हिजो भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई ७ विकेटले हराएको थियो । हिजो भएको खेलमा जितका लागि २ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाउँदै भेट्टायो । नेपालको जितमा आसिफ शेखले सर्वाधिक १ सय १० रनको शतकीय पारी खेले । योसँगै तीन खेलको एकदिवसीय श्रृंखलामा नेपालले १–० को अग्रता बनाएको छ ।
नेपालले आजको खेल जितेमा श्रृंखला जित्नेछ । तेस्रो तथा अन्तिम खेल पर्सि हुनेछ । यसअघि केन्यासँग भएको पाँच खेलको टि–२० श्रृंखला नेपालले ३–२ ले जितेको थियो ।

प्रकाशित : १८ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६