खोज–अनुसन्धान

कांग्रेसको १४ दिने अभियान पुग्यो प्रदेश क्षेत्र १.१ मा ,टिकट नपाएपनि कांग्रेस ठिक भन्न निर्देशन




कपिलवस्तु १९ भदौ ।नेपाली कांग्रेसले सुरु गरेको भदौ १० देखि २४ गतेसम्म जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत कपिलवस्तु क्षेत्र नं. १ (क)ले आयोजना गरेको प्रदेश सभा क्षेत्रीय सम्मेलनमा नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले पार्टीको निर्णय सिरोधार्य गर्नुको विकल्प नभएको बताएका छन् । उपाध्यायले आफूले टिकट पाए कांग्रेस ठीक नपाए कांग्रेस बेठिक भन्न नहुने बताउँदै निशेधको राजनीति कसैले पनि गर्न नहुने बताए । पूर्व मन्त्री एवम् भारतका लागि पूर्व राजदूत समेत रहेका उपाध्यायले कपिलवस्तुको बाणगंगामा आयोजित कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।
उपाध्यायले प्रदेशले आयोजना गरेको प्रदेश अन्तर्गतको क्षेत्रीय सम्मेलनका स्रहना गर्दै उम्मेद्वार चयन गर्दा सरसल्लाह गरेर गर्नु पर्ने निर्वाचनमा लड्ने सबैको चाहना स्वभाविक भएको बताए । उपाध्यायले सत्तारुढ गठबन्धनबीचको सिट बाँडफाँटको टुङ्गो नलागिसकेको निर्वाचनमा परिणाम गठबन्धनको पक्षमा आउने गरी सिट बाँडफाँड गर्ने कुरालाई कांग्रेसले पहिलो प्राथमिकतामा राख्नु पर्ने बताए । कार्यक्रममा प्रमुख अतिथि कांग्रेसकी केन्द्रीय सदस्य रुपा विश्वकर्माले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि पनि आफ्नो पार्टी नेतृत्वमा सरकार बन्ने गरी चुनावी प्रचार अभियानमा पार्टी केन्द्रित हुनु पर्ने बताइन । विश्वकर्माले आगामी केन्द्रीय बैठकमा पार्टीमा हुने घात अन्र्तघातको कार्वाही गर्ने जिम्मा क्षेत्रीय समितिलाई दिनुपर्ने प्रस्ताव आफूले राख्ने बताइएन ।
कार्यक्रममा नेपाली कांग्रेस कपिलवस्तुका पूर्व जिल्ला सभापति राजेश आचार्यले गत स्थानीय तह निर्वाचनमा जिल्लामा गठबन्धन नहुनु दुःखद भएको बताए । आचार्यले कांग्रेस एक भए कसैले पनि हराउन नसक्ने हुँदा कांग्रेस एक हुनु पर्ने बताए । कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य रुक बहादुर भुसालले जनताको घर आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावनाअनुरुपको रुपान्तरण र विकास परियोजनाबारे जनतासँग विविध ढङ्गले अन्तक्र्रिया गर्नु पर्ने बताए । यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य एवम् प्रतिनिधि विष्णु पोख्रेल, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँ लगायतले आ–आफ्नो धारणा राखेका थिए । म मबष्.उलन
कांग्रेसक क्षेत्र नं. १ का सभापति दुर्गा के.सी.ले कार्यक्रम बारे प्रष्ट पार्दै बीपी कोइरालाको बीपी जन्मजयन्ती सन्दर्भ पारेर १४ दिने अभियान अन्तर्गत आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर गाउँ केन्द्रित अभियानलाई मद्दत पुग्ने गरी सम्मेलन समेत एकै पटक आयोजना गरिएको बताए ।
क्षेत्र नं. १ (क) प्रदेश सचिव विष्णु मल्लको संचालन रहको कार्यक्रममा प्रदेश उपाध्यक्ष कृष्ण प्रसाद पोख्रेलको स्वागत रहेको थियो भने अध्यक्ष प्रदेश सभापति दुर्गा केसीको रहेको थियो । कार्यक्रममा क्षेत्र नं. १ का कांग्रेसका क्षेत्रीय प्रतिनिधि, महाधिवशेन प्रतिनिधि कांग्रेस नेताहरुको उल्लेख्य सहभागिता रहेको थियो । कांग्रेसले पहिलो चरण भदौ १० देखि बीपी जन्मजयन्ती भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुने छ ।

प्रकाशित : १९ भाद्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६