खोज–अनुसन्धान

पर्यटन मन्त्रीले उडाए शुसासनको खिल्ली :मन्त्रीलाई कानुन पालना गर्न भन्दा सुरक्षागार्ड पक्राऊ




काठमाडौं १९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको ज्याद्धतीले सिमा नाघेको छ । आफै कानून तोडेर मन्त्री श्रेष्ठले कानून कार्यान्वयन गरेबापति सुरक्षागार्डलाई प्रहरी लगाएर पक्राउ गराई ज्याद्धतीको हद पार गर्नुभएको हो ।व्यक्तिगत कामको सिलसिलामा ठमेलस्थित छायाँ सेन्टर पुग्नुभएका पर्यटनमन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा त्यहाँ कार्यरत एकजना सुरक्षा गार्ड पक्राउ परेका छन् । घटना गत शुक्रबारको हो ।मन्त्री श्रेष्ठ शुक्रबार व्यक्तिगत कामका लागि ठमेलको छायाँ सेन्टर पुग्नुभएको थियो । भिसाका लागि बायोमेट्रिक विवरण दिन पुग्नुभएका मन्त्री श्रेष्ठभन्दा अगाडि अरु थुप्रै सेवाग्राही थिए । त्यसपछि भिसा सेन्टरमा कार्यरत ‘ग्रुप फोर’ सेक्युरिटी कम्पनीसँग आवद्ध सुरक्षा गार्ड शेरजंग शेरजंग गुरूङले मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्नुभएको थियो ।
तर, मन्त्रीको साथमै रहेका अंगरक्षकले ‘उहाँ मन्त्रीज्यु हुनुहुन्छ, जान दिनुस’ भनेर जवाफ दिएपछि सुरक्षा गार्डले अगाडि थुप्रै लाइनमा रहेको बताउँदै सवै बरावर रहेकोले जान दिन नसकिने बताउनु बताए । शेरजंग गुरूङले पुनः मन्त्री श्रेष्ठलाई लाइनमा बसेर आउन आग्रह गरेपछि श्रेष्ठ एकाएक म मन्त्री के को कानून रु भन्दै झोक्किनु भएको थियो ।त्यसपछि सुरक्षा गार्ड र मन्त्रीबीच भनाभन नै भएको थियो । पछि ठेलमठेलबीच मन्त्री श्रेष्ठ काम सकेर मन्त्रालय फर्किनुभयो । उहाँले आफू सत्तामा रहेकोले जुनसुकै उदण्डता गर्न सक्ने ब्इवहार देखाएर फर्केपछि गृहमन्त्री बालकृष्ण खाणलाई पत्र नै लेखेर पक्राउगर्न लगाउनु भएको हो ।
मन्त्री श्रेष्ठ फर्किएपछि पर्यटन मन्त्रालयले छाँया सेन्टरस्थित व्यक्तिगत काममा गएका बखत मन्त्रीमाथि सुरक्षा गार्डबाट दुब्र्यवहार भएको भन्दै कारबाहीका लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो । शुक्रबार नै गृहले पर्यटनको पत्र प्रहरी प्रधान कार्यालय पठाइदियो । प्रहरी प्रधान कार्यालयबाट काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट काठमाडौं प्रहरी परिसर हुँदै दरबार मार्ग वृत्तमा पत्र पुग्यो । त्यसकै आधारमा पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरूङलाई वृत्तले अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरेको छ ।शेरजंग गुरूङ अहिले दरबारमार्ग प्रहरीको हिरासतमा हुनुहुन्छ । काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भरत बोहराले कुँवर प्रहरी नियन्त्रणमा रहेको र उनीमाथि कानुन अनुसार कारबाही हुने बताउनु भयो । ‘मन्त्रीज्युलाई सुरक्षा गार्डबाट दुब्र्यवहार भएको उजुरीपछि सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखएको छ,’ एसएसपी बोहराले भन्नुभयो ।

प्रकाशित : १९ भाद्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६