खोज–अनुसन्धान

निर्वाचन क्षेत्र नं २ मा एमालेले गर्यो गुप्ता सहितका नेताको नाम सिफारिस




पार्वती पाण्डे
कपिलवस्तु २० भदौ । नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटि २ , प्रदेश सभा निर्वाचन क्षेत्र २.१ र २.२ को संयुक्त वैठकले मंशिर ४ मा हुने आम निर्वाचनका निम्ती उम्मेदवारको नाम सिफारिस गरेको छ । मदन आश्रित स्मृति भवन तौलिहवामा बसेको संयुक्त वैठकले प्रतिनिधि सभा २ का लागि केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज वृजेश कुमार गुप्ता , विदेश विभाग प्रमुख डा. निर्मल विश्वकर्मा , जिल्ला कमिटि सदस्य गोकर्ण पोख्रेलको नाम सिफारिस गरेको छ ।
त्यस्तै गरि प्रदेश क्षेत्र २ को १ मा गंगेस तिवारी ,दिनेश बन्जाडे , नवराज लामिछाने, माबुद खाँ , माथुराम न्यौपाने , शिव गैरे ,दिनेश कुमार चौबे , मिनराज बेल्बासे ,रुपेश श्रेष्ठ , टिका उपाध्याय , टेकराज पौडेल , धनकला गैरे भुषाल नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । प्रदेश क्षेत्र २ को २ का लागि बाबुराम खनाल , धर्मवहादुर लालश्रीवास्तव र शोभा पोखरेलको नाम सिफारिस भएको छ । उक्त वैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य , लुम्बिनी प्रदेश सहइन्चार्ज वृजेश कुमार गुप्ताले पाटीले गरेको उमेदवारको निर्णयलाई कार्यान्वयन गर्दै चुनाबमा होमीन सबै कार्यकर्तालाई आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै पाटीका केन्द्रीय सदस्य , कपिलवस्तु इन्चार्ज वलराम अधिकारीले अबको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने बताउनु भयो ।
कार्यक्रममा बोल्दै एमाले नेता पुर्व मन्त्री दानवहादुर चौधरीले देश अस्त ब्यस्त भएको भन्दै मुलुकको लागि एमालेको सरकार आवश्यक रहेको जिकिर गर्नु भयो । बिबादरहित उम्मेदवार छनौट गरि निर्वाचनमा जित सुनिश्चित हुने गरि सबै कार्यकर्ताहरु एक ढिक्का भएर अगाडि बढ्नु पर्ने उहाँले धारणा राख्नु भयो । वैठकमा एमालेका जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुले बोल्दै जिल्लाबाट केन्द्रमा पठाउने बेला सम्म एक ÷एक जनाको नाम सर्वसम्मत रुपमा पठाउन कोशिस गर्ने बताउनु भयो ।
निर्वाचन क्षेत्र नं २ समन्वय कमिटिका संयोजक शुसिला दर्लामीको अध्यक्षता ,नरहरी आचार्यको सञ्चालन, किरण देबकोटाको स्वागत मन्तव्यमा संयुक्त वैठक भएको थियो । वैठकमा कमिटिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । वैठकमा एमालेका केन्द्रीय तथा प्रदेश कमिटिका सबै नेताहरुको उपस्थिती रहेको जिल्ला सचिवालय सदस्य भेषराज पाण्डेले जानकारी दिनु भयो । यस्तै कार्यक्रममा वुद्धभुमि ९ का नवराज लामिछाने सहित १७ जना विभिन्न पाटी परित्याग गरि एमालेमा प्रवेश गरेका छन । नवप्रवेशीहरुलाई केन्द्रीय नेता गुप्ता र अधिकारीले टीका लगाएर स्वागत सदस्यता प्रदान गर्नु भएको थियो ।

प्रकाशित : २० भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६